global ime bank Long Banner Ad

गृहपृष्ठ झडपमा परेर घाइते भएका सांसदलाई काठमाडौं ल्याइयो

झडपमा परेर घाइते भएका सांसदलाई काठमाडौं ल्याइयो

झडपमा परेर घाइते भएका सांसदलाई काठमाडौं ल्याइयो

सर्लाहीको ईश्वरापुरमा झडपमा परी सख्त घाइते भएका जसपा सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । सडकको विषयलाई लिएर शनिबार स्थानीय युवाहरुले सांसद साहमाथि कुटपिट गरेका थिए ।

साहको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा फुलजोर युवा क्लबको भवन भत्काइएको विषयलाई लिएर झडप भएको हो । स्थानीय युवाले क्लबको भवन सोही ठाउँमा बनाउनुपर्ने बताइरहेका बेला सांसद साहले अर्को स्थानमा भवन बनाउनुपर्ने बताएपछि उनकाे समूहमाथि आक्रमण भएको हो ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु