गृहपृष्ठ आज वि.सं. २०८३ जेठ २७ गते बुधवारको राशिफल

आज वि.सं. २०८३ जेठ २७ गते बुधवारको राशिफल

आज वि.सं. २०८३ जेठ २७ गते बुधवारको राशिफल

आज वि.सं. २०८३ जेठ २७ गते बुधवार, ई.सं. २०२६ जुन १०, नेपाल संवत् ११४६ अनलागा दशमी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण दशमी, पञ्चाङ्ग: आयुष्मान, वणिज, उत्तरभाद्र। ग्रीष्म ऋतु, चन्द्रमा मीन राशिमा, सूर्य वृष राशिमा, योग: सौभाग्य, करण: वणिज। आज नेपालमा सूर्योदय बिहान ५:१० बजे र सूर्यास्त साँझ ६:५७ बजे हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनुपर्दा दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ५ बजेर २३ मिनेटदेखि ८ बजेर ५६ मिनेटसम्म रहेको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार आधारित छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिश्रम र मेहनतअनुसार भाग्य वृद्धि हुने दिन हो। धार्मिक वा आध्यात्मिक विषयसम्बन्धी कुनै जानकारी प्राप्त भएमा ज्ञानवृद्धिमा समेत सहयोग पुग्नेछ। शान्त र स्थिर सोचको विकास हुनेछ। परोपकारी भावना बढ्ने समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त बनाउन सकिनेछ। ठूलाबडाको सहयोग पाएमा कठिन काम पनि सफल हुन सक्छ। आम्दानीका स्रोतहरू बढ्ने भएकाले जीवनमा नयाँ आयाम थपिने दिन हो। विदेशी परियोजनामा काम गर्नेहरूले आफ्ना चाहनाहरूलाई साकार पार्न सक्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निरंकुश व्यवहार र अत्यधिक कडापन तपाईंका कमजोरी बन्न सक्छन्। खानपान र जीवनशैलीमा अनुशासन अपनाउनु राम्रो हुनेछ। लेनदेनका क्रममा दबाबमा परे पनि सम्झौता नगर्नु उचित हुन्छ। परिस्थिति प्रतिकूल देखिएमा पुनर्विचार गर्नुहोस्, समयसँगै सुधार आउनेछ। चिन्ता, शंका र डरले मनमा स्थान लिन सक्छ। दिक्क लागेको महसुस भएमा एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागी हुनु लाभदायक हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा द्विविधा छ वा अत्यधिक थकान र बोझको अनुभूति भएको छ भने आराम गर्नु उपयुक्त हुन्छ। आर्थिक विषयमा लापरवाही नगर्नुहोस् र ठूला निर्णयहरू केही समयका लागि टार्नु राम्रो हुनेछ। कुनै काम सुरु गर्नुअघि योजना बनाउनुहोस् र अनुभवी व्यक्तिहरूको सुझाव लिनुहोस्। बाध्यात्मक कामहरूमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो। समयमै काम सम्पन्न गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ। आर्थिक दबाबले तनाव बढाउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकअर्काका भावना बुझेर अघि बढ्नुपर्ने दिन हो। सहकर्मी वा सहपाठीसँग प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष बन्न सक्छ। लक्ष्य र उद्देश्यको मूल्याङ्कन तथा परिमार्जन गर्ने समय हो। नयाँ काम सुरु गर्नुअघि स्पष्ट योजना बनाउनुहोस्। व्यापार–व्यवसायमा राम्रो प्रगति हुने संकेत छ। रोकिएका कामहरू सम्पन्न हुन सक्छन्, तर जिम्मेवारी र दायित्व भने बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सक्रिय रूपमा जुट्नुपर्ने समय हो। जीवनसाथीले तपाईंको अवस्था नबुझ्दा केही असहजता महसुस हुन सक्छ, तर ज्येष्ठ व्यक्तिहरूको सद्भाव र सहयोग प्राप्त हुनेछ। भाग्यको भरमा बस्ने होइन, आफूमाथि विश्वास गर्ने समय हो। परीक्षा वा प्रतिस्पर्धाको तयारी गरिरहनुभएको छ भने राम्रो परिणाम प्राप्त हुनेछ। प्रतिष्ठा बढ्ने दिन हो। वंश, कुल तथा पितृपक्षका विषयमा रुचि बढ्नेछ। वरिष्ठ कर्मचारी वा अधिकारीहरू प्रसन्न रहनेछन्। ज्येष्ठ व्यक्तिको सेवा–सत्कारले भाग्य बलियो बनाउन मद्दत गर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सञ्चार तथा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन्। अरूसँग व्यवहार गर्दा शब्द चयन र प्रस्तुतिमा ध्यान दिनुहोस्। आर्थिक अवस्था सहज देखिए पनि खर्च गर्दा संयम अपनाउनुपर्छ। आफ्नो आन्तरिक क्षमता, हाउभाउ वा अभिव्यक्तिको माध्यमबाट विशेष अवसर प्राप्त गर्न सक्नुहुन्छ। अतिरिक्त आम्दानीका लागि मेहनत गर्ने दिन हो। आवश्यकताभन्दा कम बोल्नु उपयुक्त हुनेछ, तर संकेत र व्यवहारबाट पनि काम सफल बनाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी वा प्रशासनिक समस्याहरू समाधान हुनेछन्। व्यक्तिगत प्रतिष्ठा तथा आर्थिक अवस्थामा सुधार आउनेछ। तर अहंकार र आडम्बरबाट टाढा रहनु उचित हुन्छ। व्यापार–व्यवसायमा प्रगति हुनेछ र नयाँ उत्साह जाग्नेछ। हिसाबकिताबका कमजोरी सुधारेर अघि बढेमा अझ बढी लाभ लिन सकिनेछ। आत्मविश्वास र उत्साह बढ्नेछ। घरायसी काम समयमै सम्पन्न हुनेछन्। जीवनसाथीसँग एकान्त समय बिताउने तथा घुमफिरमा जाने अवसर मिल्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सबैको सहयोग प्राप्त हुने भएकाले सोचेजस्तो काम छिट्टै सम्पन्न हुनेछ। नयाँ काम सुरु गर्ने सोच पनि बन्न सक्छ। यो रचनात्मक ऊर्जा भरिएको समय हो। प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बनाउनेछ। नयाँ कार्यतर्फ अग्रसर हुने समय हो। आफ्नो परिश्रम र आत्मविश्वासले प्रतिस्पर्धीहरूको मनोबल कमजोर बन्न सक्छ। आज केही समय परिवार र आफन्तका लागि छुट्याउनु राम्रो हुनेछ। जीवनसाथी वा प्रियजनसँग रमाइलो समय बिताउन सकिने दिन हो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यालयमा सहकर्मी तथा घरमा परिवारका सदस्यहरूले तपाईंका भावना नबुझ्दा केही असन्तुष्टि हुन सक्छ। तर रिस र आवेग नियन्त्रण गर्नु आवश्यक छ। भेटघाट र सम्बन्ध विस्तारका लागि समय अनुकूल छ। मानसिक अलमल र चिडचिडापन बढ्न सक्ने भएकाले अनावश्यक बहस वा मजाकमा संयम अपनाउनुहोस्। सम्मान र प्रतिष्ठा प्राप्त गर्न सकिने दिन हो। जागिर तथा व्यवसायिक क्षेत्रमा सुधार र पदोन्नतिको सम्भावना देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नोक्सानी वा सुस्तताका विषयमा पुनर्मूल्याङ्कन गरेर अघि बढ्ने समय हो। नयाँ कामको प्रस्ताव आउन सक्छ। बुद्धिमानीपूर्वक निर्णय गरेमा लाभ प्राप्त हुनेछ। प्रेम, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने दिन हो। सन्तान वा कनिष्ठ नातेदारका कारण खुशी मिल्न सक्छ। आजको मेहनतले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर दिलाउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सहकार्य वा साझेदारीका काममा दौडधूप बढ्नेछ। व्यापार–व्यवसायमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न नसके पनि आर्थिक सन्तुलन कायम रहनेछ। पारिवारिक वातावरण राम्रो रहनेछ र विभिन्न प्रकारका लाभ प्राप्त हुनेछन्। तर आलोचना गर्ने वा खिसीट्युरी गर्ने व्यक्तिहरूका कारण मन खिन्न हुन सक्छ। रमाइलोमा बढी अल्झिँदा पढाइ प्रभावित हुन सक्छ। अध्ययनमा समस्या देखिएमा साथीभाइ वा शिक्षकको सहयोग लिनु लाभदायक हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो। परीक्षा, अन्तर्वार्ता तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने संकेत छन्। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। एकअर्काका सुख–दुःख र चाहनाहरू बुझेर व्यवहार गर्नुपर्छ। गल्तीहरूलाई क्षमा गर्दै अघि बढेमा सम्बन्ध अझ सुदृढ बन्नेछ। परिवार, साथीभाइ तथा आफन्तसँग सम्बन्ध मजबुत बनाउने दिन हो। कार्यक्षेत्रमा गरेको मेहनतअनुसार लाभ प्राप्त हुनेछ।

प्रकाशित समय : ०६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु