global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ राेजेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७८ रनको योगफल तयार गरेकाे हाे ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका दिपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो । स्कोरबोर्डमा पाँच रन जोड्दा दुवै ओपनर गुमाएको नेपालको इनिङ दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए । देव र दिपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।

एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे ।

नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भए ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु