global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शहीद स्मारक बी डिभिजन लिग: टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग: टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग: टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

टुसालका लागि एसपीजंग कार्की र ओमप्रकाश रोकाले दुई-दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४-० ले जित दिलाए ।

जितसँगै टुसाल युथ आठ खेलमा ११ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी छन । शीर्ष दुई टोली 'ए' डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु