global ime bank Long Banner Ad

गृहपृष्ठ निशान म्याग्नाइटले पूरा गर्‍यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

निशान म्याग्नाइटले पूरा गर्‍यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

निशान म्याग्नाइटले पूरा गर्‍यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

जापानी अटो उत्पादक निशानको लोकप्रिय सानो एसयूभी म्याग्नाइटले उत्पादन सुरु भएको २८ महिनाकाे अवधिमा ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । यो एसयूभीलाई निशानले सन् २०२० को डिसेम्बरदेखि बिक्री सुरु गरेको थियो । सानो एसयूभीमा आकर्षक लुक्स र डिजाइनका साथ अत्याधुनिक फिचर्स दिइएका कारण म्याग्नाइट भारतलगायत अन्य राष्ट्रमा समेत लोकप्रिय बनिरहेको छ । यो एसयूभीको मूल्यसमेत निकै प्रतिस्पर्धी रहेको छ ।

नेपाली बजारमा समेत उपलब्ध म्यग्नाइटलाई कम्पनीले विश्वका १५ राष्ट्रमा निर्यात गर्दै आइरहेको छ । माग बढिरहेका कारण यो एसयूभीलाई हात पार्न अझै पनि भारतलगायत अन्य राष्ट्रहरुमा केही समय कुर्नुपर्ने अवस्था रहेको छ । नेपाल भित्रिएको १ वर्ष अवधिमा १ हजार ५ सय युनिट बिक्री भएको यो एसयूभीले ह्याचब्याक कारको बजारलाई नराम्रोसँग प्रभावित बनाउँदै आइरहेको छ ।

नेपाली बजारमा यो एसयूभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम गरी कुल ४ ट्रिमसहित ११ भिन्न भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जुन टर्बो र नन् टर्बो इन्जिन अप्सनमा उपलब्ध छ । सबैभन्दा माथिल्लाे भेरिएन्टमा एलईडी डीआरएल सहितको बाई-प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फस्र्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो म्यानुअल र सीभीटी ट्रान्समिसन अप्सनमा उपलब्ध छ । नेपाली बजारमा यसको बेस भेरियन्ट एक्सईको ३१ लाख ९९ हजार, एक्सएल मिडको ३४ लाख ९९ हजार, एक्सभी अपर मोनोको ३७ लाख ९९ हजार, एक्सभी अपर डुअल टोनको ३८ लाख ३४ हजार, एक्सभी प्रिमिय मोनोको ४१ लाख ४९ हजार मूल्य रहेकाे छ । त्यसैगरी एक्सभी प्रिमियम डुअलको ४१ लाख ८४ हजार, एक्सएल मिड टर्बोको ३९ लाख ९९ हजार, एक्सभी अपर मोनो टर्बाेकाे ४२ लाख ९९ हजार, एक्सभी अपर डुअल टर्बोको ४३ लाख ३४ हजार, एक्सभी प्रमियम मोनो टर्बोको ४५ लाख ९९ हजार र एक्सभी प्रिमियम डुअल टर्बोको ४६ लाख ३४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु