काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अतिक्रमित संरचना हटाउन सुरु

10.4K
shares

रत्नराजमार्गको नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ । डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर-जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ । कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गरे पनि कोहलपुर उद्योग वाणिज्य संघले हटाउने बारे स्थानीयवासीले जानकारी नपाएको जनाउँदै सात दिनको समय माग गरेको छ ।

स्थानीय व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ । सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएकोे छ ।कोहलपुरमा व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरु भएको छ ।

स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन् ।