global ime bank Long Banner Ad

गृहपृष्ठ मेची-महाकाली मोटर र्‍याली सुरु

मेची-महाकाली मोटर र्‍याली सुरु

मेची-महाकाली मोटर र्‍याली सुरु

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले पहिलो पटक मेची-महाकाली मोटर र्‍याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्‍यालीको नारा 'आन्तरिक पर्यटनको लागि सबैसँगै' रहेको छ ।

यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुने आयोजकले जनाएकाे छ । नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज बिहान १०ः०० बजे झण्डा हल्लाएर मोटर र्‍यालीको उद्घाटन गरी सहभागी टिमलाई बिदाई गरेका थिए ।

एनवाइइएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई यो मोटर र्‍याली देशव्यापी रुपमा आयोजना गरिएको जानकारी दिए । यसले जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो, जसले साहस र मनोरञ्जन प्रदान गर्नुका साथै व्यक्तिगत, सामूहिक र सार्वजनिक व्यापार व्यवसायलाई उत्साह बढाउन सघाउने उनको भनाइ छ ।

यस मोटर र्‍याली व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने, व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुर्‍याउने तथा देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्‍यालीको मुख्य उद्देश्य रहेको छ।

मोटर र्‍याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्‍यालीको विधिवत समापन हुनेछ ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु