गृहपृष्ठ स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताए ।

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे । गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरे ।

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाललगायतले मन्तव्य राखेका थिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनताको भावनालाई बुझेर गाउँपालिकाले काम गरिरहेको बताए । तीन करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो ।
२०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु गरिएको थियो । तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालेको थियो ।

प्रकाशित समय : २३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु