गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको गिरावट, तीन अर्ब २४ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, तीन अर्ब २४ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, तीन अर्ब २४ करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेपसे परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९अंकले ओरालो लागेर दुई हजार ६१३.६७ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।१७ अंकले ओरालो लागेर ४८८।९४ मा पुगेको छ । कूल २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा मात्रै वृद्धि भएको छ । निर्जीवन बीमा १२७.९५ र जीवन बीमा ३७०.०४ अंकले उकालो लागेको छ ।

बैंकिङ १२.८९, व्यापार ३०.६४, होटल तथा पर्यटन ४३.८१, विकास बैंक ८८.४९, जलविद्युत् ३१.७७, वित्त ४३.३६, उत्पादन ८४.३२, अन्य ३५.२३, लघुवित्त २०.४८, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७३ अंकले ओरालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब पाँच अर्ब ५९ करोड ८८ लाख ६ हजार १८२ रुपैयाँ बराबर भएको छ । कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी २३ करोड ५० लाख ६८ हजार ५८७ रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन ११ करोड ३१ लाख पाँच हजार ९६० रुपैयाँ, अपि पावर कम्पनी १० करोड ३३ लाख ४५ हजार ३४७ रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आठ करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.९९, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.९३, ग्रीनलाइफ हाइड्रोपावर ७.५३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.५९ प्रतिशतले कमाए । नेपाल फाइनान्स ४.६७, समालिङ पावर कम्पनी ४.६५, माउण्टेन हाइड्रो नेपाल ४.१६, मैलुङ खोला जल विद्युत् कम्पनी ४.०७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतले गुमाए ।

प्रकाशित समय : ००:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु