global ime bank Long Banner Ad

गृहपृष्ठ नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित 'दिशाबोध' (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गरेका छन् ।

एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा मुलुकको राजनीतिक यात्रा र समृद्धिको लक्ष्यलाई थप स्पष्ट पार्न पुस्तकले भूमिका खेल्ने बताए । उनले पार्टीका नेता-कार्यकर्तालाई लेखपढ र प्रकाशनमा ध्यान दिन आग्रह गर्दै राजनीतिक संघर्षको प्रतिफलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिए ।

समसामयिक राजनीतिक स्थिति र एमालेको अवधारणामा आधारित सो कृति राष्ट्रिय युवासंघ नेपालले प्रकाशन गरेको हो ।

प्रकाशित समय : २२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु