गृहपृष्ठ मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा
मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा
मेगा बैंकले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो। योसँगै मेगा बैंकको २०७ शाखा पुगेको छ ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।
प्रकाशित समय : २१:२७ बजे

















