global ime bank Long Banner Ad

गृहपृष्ठ एसिया कप छनोटमा नेपालले थाइल्यान्डको सामना गर्दै

एसिया कप छनोटमा नेपालले थाइल्यान्डको सामना गर्दै

एसिया कप छनोटमा नेपालले थाइल्यान्डको सामना गर्दै

एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो । थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो । त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह रहेका छन् ।

खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५स्४५ मा खेल सुरु हुनेछ ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु