global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कप महिला भलिबल आजदेखि

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि

आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले बुधबार जानकारी गराए । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता चैत १४ सम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा चल्नेछ ।

सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मूल आयोजक समिति संयोजक कृष्णा केसीले प्रधानमन्त्री कप भलिबललाई नेपालगन्जको पहिचानको रूपमा विकसित गर्ने प्रयास रहेको बताइन् । प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी ९महाराष्ट्र० र हरियाणा स्पोर्ट्स क्लब छन् ।

पहिलो दिन नेपाल पुलिसविरुद्ध आर्मी क्लब तथा न्यु डायमन्ड एकेडेमीविरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड भिड्नेछन् ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु