global ime bank Long Banner Ad

गृहपृष्ठ मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भू-भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि-मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू-भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु