global ime bank Long Banner Ad

गृहपृष्ठ हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौँडा उपमहानगरपालिका-१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचानक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको डीएसपी रिमालले बताए ।

मृतक स्याङ्तान ट्र्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ः३० बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु