काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

11.24K
shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे ।

पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे । उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राखे । पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गरे ।