गृहपृष्ठ ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित समय : १७:१४ बजे



















