global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

सरकारले मध्यपुरथिमि नगरपालिका-६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गरेका हुन् ।

सरकारले उनीहरुलाई पुन: कित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षैंदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताए । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिए । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गरे ।

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताए । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे ।

बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताए ।

प्रकाशित समय : २२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु