गृहपृष्ठ थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३९२ जना कोरोना संक्रमणमुक्त
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३९२ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने शुक्रबार पनि कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्य छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित समय : २२:१८ बजे


















