गृहपृष्ठ स्थानीय तह निर्वाचन : आचारसंहिता जारी, फेसबुकदेखि टिकटकसम्मलाई यस्ताे प्रावधान
स्थानीय तह निर्वाचन : आचारसंहिता जारी, फेसबुकदेखि टिकटकसम्मलाई यस्ताे प्रावधान
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित भएको 'निर्वाचन आचारसंहिता २०७८'को दफा ४ मा फेसबुक, ट्वीटर, युट्युब लगायतलाई लक्षित गरेर प्रावधानहरू राखिएका छन् । आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने जनाएकाे छ ।
निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न नहुने उल्लेख छ । त्यस्तै, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच)जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने आचारसंहितामा भनिएको छ । आचारसंहिताको दफा २ (ध)मा गरिएकाे सामाजिक सञ्जालको परिभाषामा एसएमएस, फेसबुकदेखि टिकटक, युट्युब, इमाे, म्यासेञ्जरसम्म समावेश छन् ।
कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने आचारसंहितामा भनिएको छ । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने, कुनै प्रयोजनका लागि प्रकाशन भएको वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।
आचारसंहिता :
प्रकाशित समय : २३:३२ बजे



















