गृहपृष्ठ बैंक अफ काठमान्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, १.१० अर्बको जारी गर्ने

बैंक अफ काठमान्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, १.१० अर्बको जारी गर्ने

बैंक अफ काठमान्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, १.१० अर्बको जारी गर्ने

बैंक अफ काठमान्डू (BOKL)ले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबीएल एस क्यापिटल लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धीमा सम्झौतामा चैत २ गते हस्ताक्षर गरेका छन् ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा १ अर्ब १० करोड रुपैयाँको ११ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको नाम बीओके डिबेन्चर २०८६ (क) दिइएको छ । सात वर्ष अवधिमा परिपक्क हुने यस ऋणपत्रको लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाउनेछन् ।

बीओकेले ९९ शाखा, ८७ एटीएम र १० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु