गृहपृष्ठ दूधमा सोडा र चिनी मिसाउनेलाई सरकारले कारबाही गर्ने

दूधमा सोडा र चिनी मिसाउनेलाई सरकारले कारबाही गर्ने

दूधमा सोडा र चिनी मिसाउनेलाई सरकारले कारबाही गर्ने

डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बुधबार काठमाडौँमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही,पनिर लगायतका उत्पादनहरु बिक्रिवितरण भएको बताए । उनले बिना लेभलका दुग्धजन्य बस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताए । महानिर्देशक वैधेले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा, चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिएका कानून अनुसार कडा कारबाही गर्ने बताए । उनले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताए ।

विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग्य बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागि परेको दाबी गरे ।

उनले भने, ‘अनौपचारिक क्षेत्रमा दुध उत्पादन भइरहेको छ । भने अर्को तर्फ बजार धेरै डेरी पसल भनेर देखि राखेका छौँ ।' त्यस्ता डेरी पसलहरुमा विना लेभलका उत्पादनहरु बिक्रिवितरण भइरहेका छन् ।

जसमा दही,पनिर लगायतका उत्पादनहरु बिना लेभल बिक्रि भएका छन् । यस्ता प्रकारका उत्पादनको गुणस्तरको सुनिश्चित नहुन सक्छ । त्यसैले यस्ता उत्पादन हामीले खादा समस्या आउन सक्छ । यस्ता साना डेरीसप लगायतका पसलहरु तथा उद्योगहरुलाई विभागले अनुगमन गर्दै आएको छ । अनुगमनमा लेभलहरु लगाउने, गुणस्तर नाप समेत भइरहेको छ । यदि कसैले घरेलु स्तरमै डेरी उत्पादन गरि राख्नु भएको छ भने डेरीमा अतिसुस्म जीवाणुहरु उपस्थिती रहन्छ ।

त्यसैले त्यसलाई गुणस्तरिय बनाउनको लागि सरसफाइमा ध्यान दिनु पर्छ । दुग्धजन्य वस्तु ढुवानी गर्दा आल्मुनियमको क्यानको प्रयोग गर्नुपर्छ । जथाभावी रुपमा प्लाष्ट्रिकको जर्किनमा ल्याउने र सरसफाइ नगर्दा किसानले उत्पादन गरेको शुद्ध र स्वच्छ भए पनि उत्पादन स्थानसम्म पुग्दा संक्रमण हुन्छ ।

दुधमा जथाभावी रुपमा सोडा,चिनी, सल्टहरु प्रयोग भइरहेको भन्ने गुनासा आएका छन् । यस्ता खालका समस्या विशेष गरेर गर्मीको समयमा बढी देखिने र सुस्म जीवाणु अत्याधिक मात्रामा हुने हुँदा यस्तो खालको अवैधानिक कामहरु भइरहेको छ । विगतमा यस्तो गरेको पाइएकाले यस्तो खालको काम नगर्नु होला । यस्तो गर्दा खाद्य ऐन बमोजिम कानूनी रुपमा कडा कारबाही गरिन्छ ।

विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा निर्देशिका बनेका छन् । निर्देशिका विशेष गरेर दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग हुने बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागेको छ । 'दीर्घकालिन रुपमा खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक राष्ट्रिय सभामा रहेको छ । छिटै प्रतिनिधिसभाबाट यो विद्येयक पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने छ ।’

महानिर्देशक वैघेले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताए । उनले अब छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास हुने तयारीमा रहेको बताए । यो विद्येयक प्रनिधिसभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने उनको भनाई छ ।

प्रकाशित समय : २३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु