गृहपृष्ठ गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयाजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अफ्टेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायउमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा कांग्रेसका प्रभावशाली नेता समेत रहेका गृहमन्त्री खाँणले स्थानीय स्तरमा गाँउ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए ।

‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नसपर्छ । शान्ति र स्थायीत्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ उनले भने ।

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग नियोक (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए ।

एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए । मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनले बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटनाउन विदयुतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे । विजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क थियो ।

एमसीसीबाट आउने अनुदानले नेपाली जनताको गरिवी हटाउन मद्दत गर्ने भनाइ गृहमन्त्री खाँणको थियो ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु