गृहपृष्ठ विराटनगरमा ८ महिनामा ९८ लाख राजस्व संकलन
विराटनगरमा ८ महिनामा ९८ लाख राजस्व संकलन
वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा ९८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३/१७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परी १० लाख २७ हजार रुपैयाँ जरिवाना असुल गरेको जानकारी दिए ।'सुरक्षित र समावेशी विदयुतीय कारोबार : उपभोक्त्ता अधिकार’ प्रमुख नाराका साथ यसवर्ष विश्व उपभोक्त्ता दिवस पनि मनाइएको छ । नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताए ।
उनले उजुरी र त्यसउपरको कार्यान्वय बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको संकेत देखिएको छ भने ।
प्रकाशित समय : १९:५६ बजे



















