गृहपृष्ठ गरिमा विकास बैंक र एनएलजी इन्स्यारेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
गरिमा विकास बैंक र एनएलजी इन्स्यारेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
गरिमा विकास बैंक लिमिटेड (GBBL)को १६ प्रतिशत बोनस तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको दश प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज चैत २ गते अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिमा विकास बैंकले चैत ४ गते शुक्रबार तथा एनएलजी इन्स्योरेन्सले चैत ६ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । यसअनुसार चैत ३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् । दुवै कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी कायम भइसकेको हुनुपर्छ ।
सरकारले फागुन ३ गते बिहीबार फागुपूर्णिमा (होली)को अवसरमा सार्वजनिक विदा दिएको छ । फागुन ४ शुक्रबार र ५ गते शनिबार रहेको हुँदा सेयर कारोबार हुँदैछ । त्यसैले लगानीकर्ताले लाभांश खाने कि सेयर बिक्री गरेर लाभांश नखाने निर्णय आजसम्म गरिसक्नुपर्छ ।
गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न बैंकले चैत १८ गते १५औँ वार्षिक साधारण सभा बोलाएको छ । पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०:३० बजे सभा आह्वान गरिएको छ ।
यस्तै एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न इन्स्योरेन्सले चैत १७ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । बालुवाटारस्थित अम्रपाली ब्याङक्वेंटमा बिहान १०ः३० बजे सभा आह्वान गरिएको छ ।
प्रकाशित समय : १६:१४ बजे



















