गृहपृष्ठ छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै
छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै
शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । शौर्य सिमेन्टले १० महिनामा १० लाखको सिमेन्ट बिक्री गर्ने आफ्नो लक्ष्य पूरा गरेको हाे ।
कम्पनीले आफ्नो व्यवसायिक उत्पादन २०७८ जेठबाट सुरु गरेको थियो । शौर्य सिमेन्टले उत्पादनको सुरुबाटै ग्राहकको विश्वास जित्न सफल भएको थियो । रुस-युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ ।
कम्पनीले हाल बजारमा शौर्य ओपीसी-५३ ग्रेड, शौर्य ओपीसी-४३ ग्रेड, पीएससी सिमेन्ट उपलब्ध गराएको छ । कम्पनीले निकट भविष्यमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको जानकारी दिएको छ ।
हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दै उदयपुरको सुनजस्तो चुनढुंगाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपालीमाझ लोकप्रिय र गुणस्तरीय ब्रान्ड बन्न सफल भएको छ ।

प्रकाशित समय : १८:१२ बजे



















