काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’

8.63K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन् ।

यसका साथै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणा गरेका छन् । आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुने र छलफल पछिको निष्कर्षका क्रममा फेल भएमा राजीनामा दिने प्रचण्डले बताए । एमसीसीबारे पार्टीमा विवाद रहेको र हाललाई एउटा अपिलमार्फत् एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने प्रचण्डको भनाइ थियो । 'आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला,' उनले भने ।

प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, गठबन्धनका दलहरुबीच स्थानीय तहको चुनावमा तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनकाे भनाइ थियाे ।