काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जसपा केन्द्रीय समितिको बैठक बस्दै

6.92K
shares

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको डिल्ली बजारस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे जसपाको केन्द्रीय समितिको बैठक बस्ने भएको हो।

बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार देशभरका एक हजार जना नेताहरूको उपस्थितिमा शनिबार सम्पन्न जसपाको प्रथम संघीय परिषद् बैठकले ‘समसामयिक राजनीति र जसपाको कार्यदिशा’ सर्वसम्मतिले पारित गरेको छ।

स्थानीय निर्वाचनमा होमिने निर्णयसँगै जसपाको वैचारिक र सांगठनिक एकता नयाँ उचाइँमा पुगेको दाबी उनले गरेका छन्।