काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चीनमा पुनः फैलियो कोरोनाभाइरस, एकैदिन करिब ३४०० जनामा संक्रमण

7.79K
shares

विश्वमा कोरोनाभाइरसको संक्रमण नियन्त्रण उन्मुख भइरहेका बेला यसको उद्गम थलो चीनमा पुनः संक्रमण फैलिन थालेको छ । आइतबार मात्रै चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो । संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ ।

विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ ।

विश्वका अधिकांश देशमा कोरोना नियन्त्रणमा आएको छ । कतिपय देशमा संक्रमण चलिरहेपनि न्यून मात्रमा छ । चीनबाटै सुरु भएको कोरोना यसअघि यहाँ नियन्त्रणमा आएको थिए । तर अहिले अन्य देशमा संक्रमण घटिरहेका बेला चीनमा पुनः बढ्न थालेको हो ।