global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्छ : मन्त्री आले

सुदूपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्छ : मन्त्री आले

सुदूपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रंगशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् ।

उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । उनले भने, 'वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ । म जनताको शीर नझुक्ने गरी नयाँ नयाँ काम गर्छु ।'

मन्त्री आलेले धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु