काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने

8.19K
shares

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोगका विषयमा छलफल हुने भएको छ ।

महाभियोगको प्रस्तावलाई आइतबारको बैठकमा छलफलका लागि समय निर्धारण गरिने संसद् सचिवालयले जनाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा पनि महाभियोगलाई अगाडि बढाउने विषय राखिएको छ ।

राणाविरद्ध फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीशबाट निलम्बनमा परेका थिए ।

महाभियोगमा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक छन् । तीनवटै दलका ९५ सांसदले उक्त प्रस्तावलाई समर्थन गरेका छन् ।

प्रतिनिधिसभाको फागुन २२ गतेको बैठकले महाभियोग सिफारिस समिति गठन गरेको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल रहेका छन् । कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट छन् भने माओवादीका यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् । नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ सदस्य रहेका छन् ।