‘कबड्डी ४ : द फाइनल म्याच’को शीर्ष गीत सार्वजनिक
वि.सं.२०७८ फागुन २४ मंगलवार १८:११
shares

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को गीत ‘केशरी’ साेमबार सार्वजनिक भएको छ । आगामी वर्षको जेठ १३ गते प्रदर्शनमा आउने साे फिल्मको यो शिर्ष गीत हो । गीतमा स्वर तथा संगीत एसडी योगीले गरेका छन् । त्यस्तै, शब्द राम अविरल विष्टको रहेको छ ।
फिल्ममा अभिनेता दयाहाङ राइ, सौगात मल्ल र अभिनेत्री मिरुना मगरसँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनि नेपाल, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ । फिल्मको लेखन भने निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् ।
























