global ime bank Long Banner Ad

गृहपृष्ठ रुसद्वारा २ सहरमा अस्थायी युद्धविराम घाेषणा

रुसद्वारा २ सहरमा अस्थायी युद्धविराम घाेषणा

रुसद्वारा २ सहरमा अस्थायी युद्धविराम घाेषणा

रुसले युक्रेनका दुई सहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो ।

मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई सहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।

रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लागि मार्ग खोलिदिने बताइएको छ । रुसको यो कदमपछि ती दुई सहरका सर्वसाधारणहरुलाई शहर छाडेर अन्यत्र जानका लागि सहज हुने बताइएको छ ।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु