global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए सपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।  सिहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासक्षम उनीहरुले सपथ लिएका हुन् ।

सपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार रहेका छन् । नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि सपथ लिएका छन् ।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानुनअनुरुप सपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ । सपथ लिन केही सदस्य आफनो जातीय वेषभूषा सहितको पहिरनमा आएका थिए । राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनस्हरुको कार्यकाल छ वर्षको हुनेछ ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरे । सचिवालयका महासचिव डा. भरतराज गौतमले उनीहररुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि शुभकामना ज्ञापन गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए । संसद् सचिवालयले उनस्हरुलाई संसद् र संसदीय अभ्यासबारे आजै संक्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु