गृहपृष्ठ नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच एक सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीहरुलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ ।
जसअन्तर्गत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खातामा बैंकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि एटीएम कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
यस्तै, डी-म्याट/सी-आस्वा/मेरो सेयर रजिस्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा बिना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, विश्वविद्यालयको आवश्यकता अनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन/बैंक शाखा स्थापना गरी बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ सेवा एवं सुविधाहरु उपलब्ध गराउने सहमति भएको छ ।
पोखराको लेकसाइडमा भएको उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्टार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय : १८:२५ बजे



















