फोर्स गुर्खा टेस्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागिता
वि.सं.२०७८ फागुन १९ बिहीवार २०:२८
shares

पोखरामा फोर्स गुर्खाको टेष्ट ड्राइभ क्याम्पियन उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । फोर्स गुर्खाको केही समय अगाडि मात्रै मूल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरिएको थियो ।
नेपालमा हिमालय अर्गनाइजेशनअन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राइभ क्याम्पियन सुरु गरेको जनाएको छ ।
पहिलो दिन अर्थात आज फागुन १८ गतेका २६ जना सहभागी भई टेस्ट ड्राइभ गरेका छन् । इच्छुक ग्राहकले यही फागुन २० गतेसम्म पोखरामा टेष्ट ड्राइभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन् ।
पोखरामा रहेको टेष्ट ड्राइभ क्याम्पियन पश्चात काठमाडौं, चितवन, झापा, इटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

























