स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरू
वि.सं.२०७८ फागुन १९ बिहीवार २०:१७
shares

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । नेपालको अग्रणी भुक्तानी ईसेवा प्रदायक सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।
योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लँगी अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ईसेवा मोबाईल एप्लिकेसनमार्फत गर्न सकिनेछ । ई-सेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रुपमा तत्काल भुक्तानी गर्न सकिनेछ । अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै कोभिड-१९को महामारीबाट उत्पन्न हुने जोखिमलाई पनि कम गर्दछ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

























