मन्त्रिपरिषद बैठकद्वारा एमसीसीको ‘व्याख्यात्मक घाेषणा’ ग्रहण
वि.सं.२०७८ फागुन १६ सोमवार ००:२५
shares
मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।
केहीबेरअघि संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।
करिब ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित गर्ने सरकारकाे तयारी छ ।
























