काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी

13.52K
shares

नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।

गैँडाकोट-५ स्थित गैँडाकोट रिसोर्टमा २०७७ साल चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी डीएसपी गिरीले बताए । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

'किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ,' डीएसपी गिरीले भने, 'भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ ।' गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन् ।

गायिकाको उजुरीपछि प्रहरीको फरार सूचीमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका छन् ।