काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थप ४१५ जना काेराेनामुक्त, सक्रिय संक्रमितकाे संख्या ८५१७ मा झर्‍याे

10.92K
shares

देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् ।

हालसम्म  देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् । संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनामा कोरोना परीक्षण भएको थियो ।