लागुऔषध सेवनको आरोपमा पक्राउ परेका लाहुरे धराैटीमा छुटे
वि.सं.२०७८ फागुन १० मंगलवार २३:४०
shares

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका र्यापर तथा टेलिभिजन रियालिट शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर 'लाहुरे' रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
खैरो हेरोइन सेवन गरेको आरोपमा लाहुरे गत पुस १४ गते पोखराकाे न्युराेडबाट पक्राउ परेका थिए । जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै लाहुरेसँग ५० हजार धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो ।
लागुऔषधको मुद्दामा पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अदालतले विक्की भनिने नवीनकुमार गुरुङ, धुव्र बहादुर थापा र सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएकाे जिल्ला अदालत कास्कीले जनाएकाे छ ।

























