गृहपृष्ठ आइसीसी टी-२० विश्वकप छनोट : क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
आइसीसी टी-२० विश्वकप छनोट : क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
नेपाल आइसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ । सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २८ रन बनाए । यता, आशिफ शेख १७ रनको योगदान दिँदा कुशल मल्ल शून्य रनमै आउट भए । क्यानडाका कलिम साना र सलमान नाजरले एक/एक विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ । यस्तै, ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ । यस्तै, ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।
प्रकाशित समय : ००:१० बजे



















