गृहपृष्ठ नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा
नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा
कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पीसीआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ।
यस्तै, अस्पतालमा स्वाब संकलनन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउनेजस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ।
कार्यकक्षमा नै स्वाब संकलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजेटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
प्रकाशित समय : २३:३५ बजे



















