global ime bank Long Banner Ad

गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेसनमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेसनमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेसनमा

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।

त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेसनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गरे । ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक-एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २-२ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३-२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अंक जोडेको छ । सातदोबाटो पाँचौँ स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अंक जोडेको छ ।

प्रकाशित समय : २३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु