गृहपृष्ठ होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी
होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी
स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताएको छन ।
तेल तथा ग्याँस आयातका लागि प्रमुख जलमार्गको रुपमा रहेको होर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमति गत हप्ता पुनः खोलिएको थियो, तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गर्यो ।
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेट वार्ता पछि यसलाई पुनः खोल्नु स्वागत योग्य विषय भएको बताए।
यसले आपूर्ति श्रृङ्खलाका बाधाहरू कम गर्न मद्दत गर्ने र रसायिनिक मल तथा अन्य आवश्यक वस्तुहरूको अभाव कम गर्ने डोभालले बताए ।
डोभालले सोमबार तेहरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ सदस्य इरानी अधिकारी गदिर नेजामिपुर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका थिय ।
रूस, दक्षिण अफ्रिका र ब्राजिल लगायत ब्रिक्सका अन्य प्रतिनिधिहरू पनि बैठकका लागि नयाँदिल्लीमा आएको जनाइएको छ ।
यसैबिच भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा भ्रमण गर्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग नयाँ चरणको बैठक सुरु गरेको जनाइएको छ ।
अमेरिका र भारतबिचको व्यापार सम्झौतालाई अन्तिम रूप दिन छलफल जारी रहेको भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता जुन –१७ मा फ्रान्समा भएको जी–७ शिखर सम्मेलनको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट–वार्त गर्नु भएको थियो । जहाँ उहाँले व्यापार सम्झौताका लागि लामो समय देखि चलिरहेको वार्तामा उल्लेखनीय प्रगति भएको समेत बताए ।
सम्झौता अनुसार वासिङ्टन र नयाँदिल्लीले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमरिकी डलर पुगाउने लक्ष्य राखेका छन् ।
प्रकाशित समय : १५:५५ बजे



















