काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमसीसीका कारण धरापमा परेकाे सत्ता गठबन्धनमा आज निर्णायक छलफल हुँदै

8.76K
shares

सत्ता गठबन्धनका दलबीच आज निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका शीर्ष नेताहरूबीच आज दिउँसो ३ बजे छलफलका लागि समय तय भएकाे छ । साेही छफलबाट एमसीसीबारे छिनोफानो हुने बताइएकाे छ ।

बुधबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री देउवा गठबन्धनमा रहेका दलहरुले स्वीकार नगर्दा त्यसमा सफल हुन सकेनन् । गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने अर्को दल एकीकृत समाजवादीले कुनै ठोस निर्णय गरेको थिएन । तर संशोधनपछि मात्रै पारित गर्नुपर्ने उसको अडान रहेको थियो ।

पार्टीका अधिकांश नेता तथा कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लैले निर्णय गर्न नसक्ने प्रचण्डले देउवालाई बताइसकेका छन् । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्ने प्रयास गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवा प्रचण्डको सो प्रस्तावमा सहमत हुन सकेनन । तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने तर्क गरेका थिए ।