global ime bank Long Banner Ad

गृहपृष्ठ भिजा र वैदमबीचकाे साझेदारीले भारतमा स्वास्थ्य सेवा लिनेका लागि भुक्तानी सहज

भिजा र वैदमबीचकाे साझेदारीले भारतमा स्वास्थ्य सेवा लिनेका लागि भुक्तानी सहज

भिजा र वैदमबीचकाे साझेदारीले भारतमा स्वास्थ्य सेवा लिनेका लागि भुक्तानी सहज

डिजिटल भुक्तानीसम्बन्धी संस्था भिजा र अस्पताल सेवा खोज्ने वैदमबीच साझेदारी गर्ने सम्झौता भएको छ । भिजाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म वैदमसँग साझेदारी गरेको घोषणा गरेको हो ।

भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले भने, ‘विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट  गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’ यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न लागेको भिजाले जनाएको छ ।

वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० वटासम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक  व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् । यो साझेदारीसँगै भिसा कार्डधारकहरूलाई भारतमा वैदम प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रियासहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ ।

वैदम हेल्थका सहसंस्थापक पंकज चन्द्रले भारतीय डाक्टर र अस्पतालहरूले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरू वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएको बताउँदै वैदमले झण्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेको बताए । उनले भने, ‘अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरूमध्ये एक भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ र सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा गर्व लागेको छ ।’

योसँगै एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सकिनेछ । भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ । अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न,  बिरामी वा हेरचाहकर्ताहरूलाई  बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिने भिजाले जनाएको छ ।

भिजा र वैदमबीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।

प्रकाशित समय : ०२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु