global ime bank Long Banner Ad

गृहपृष्ठ आदिवासी जनजातिको उत्थानका लागि मैले सक्नेजति बजेट विनियाेजन गर्छु : मन्त्री आले

आदिवासी जनजातिको उत्थानका लागि मैले सक्नेजति बजेट विनियाेजन गर्छु : मन्त्री आले

आदिवासी जनजातिको उत्थानका लागि मैले सक्नेजति बजेट विनियाेजन गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा मन्त्री आलेले जनजातिको वृत्ति विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताए ।

उनले जनजातिको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्यून हुँदै आएको बताए । 'मेरो मन्त्रालय पनि यस संस्थाको एक अंग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछु,' उनले भने । नेपालको जनगणना २०६८ साल अनुसार जनजातिको संख्या करिब ३५.२५ प्रतिशत भएको र यत्रो संख्या ओगटेको जनजातिहरुका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन दिए ।

यसैगरी मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमसहित प्रस्ताव ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराए ।

प्रकाशित समय : ०१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु