global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौं टोखा नगरपालिका-३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।

ब्यूराेका उपनिर्देशक एसपी कमल थापाले उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगोबमोजिम १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी बुढाथोकीले आफ्नो सिद्धार्थ बैंक लिमीटेड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा-नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

उच्च अदालतले पक्राउ परेकी बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेकी बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको एसपी थापाले बताए ।

प्रकाशित समय : ००:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु