काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालमा काेराेना : २२० संक्रमित थपिए, ३९२ निको, ५ जनाको मृत्यु

7.06K
shares

पछिल्लो २४ घण्टाभित्र नेपालमा २२० जनामा कोरोना पुष्टि भएको छ । ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार थप १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ ।

एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । ९८ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे तथ्यांकअनुसार नेपालमा अहिलेसम्म ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।